News Portal

  • हिमालयन बैंकको गोंगबु शाखा स्थानान्तरण

    आर्थीकसंसार संवाददाता२९ फागुन, २०८०
    ३५ पटक
    २९ फागुन, २०८०

    काठमाडौं । हिमालयन बैंकले आफ्नो गोंगबु शाखालाई स्थानान्तरण गरेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरुमध्ये गोंगबु शाखालाई हात्तीगौंडा, बूढानीलकण्ठ न.पा. वडा नं. ८ काठमाडौंमा स्थानान्तरण गरी बैंकिङ्क सेवा दिँदै आइरहेको छ ।

    फागुन २७ गते बैंकको उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य कर्मचारीहरुको उपस्थतिमा गरेका हुन् ।

    त्यस्तै, बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नं १७ नवलपरमा स्थानान्तरण गरी फागुन २७ गतेदेखि सेवा सुचारु गरेको छ ।

    हाल बैंकले नेपालभरि फैलिएका १७४ कूल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटिएम ६,५०० भन्दा बढी पिओएस टर्मिनल र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्