News Portal

  • महालक्ष्मी विकास बैंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन

    आर्थीकसंसार संवाददाता२७ फागुन, २०८०
    २३८ पटक
    २७ फागुन, २०८०

    काठमाडौं । महालक्ष्मी विकास बैंकले २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । आइतबार बैंकले आफ्नो आधिकारिक वेबसाइटमार्फत उक्त क्यालेन्डर प्रकाशन गरेको हो ।

    बैंकले स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्बिरहरू मार्फत् सकारात्मक सन्देश प्रदान गर्दै यस वर्षको क्यालेन्डर प्रकाशन गरी आफ्ना ग्राहक समक्ष ल्याएको हो । उक्त क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’ मा सहभागी तस्बिरहरूमध्येका उत्कृष्ट १२ तस्बिरहरू समावेश गरिएको छ ।

    मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा आफ्ना ग्राहकहरुलाई जानकारी राख्नु बैंकको क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको छ । ग्राहकले उक्त क्यालेन्डरको डिजिटल कपी बैंकको आधिकारिक वेबसाइटमार्फत डाउनलोड गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्