आर्थीकसंसार संवाददाता२७ फागुन, २०८०

काठमाडौं । लाभांश पारित गर्न ग्रीन डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको फागुन २४ गते बसेको बैठकले चैत २७ गते दशौँ तथा एघारौँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।
बैंकको सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ५१ करोड ९० लाख रुपैयाँको ३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद गरी कुल ४ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले चैत ९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागीता भएर लाभांश प्राप्त गर्न सक्ने छन् ।