News Portal

  • महिला फुटबल खेलाडीलाई कृषि विकास बैंकको सहयोग

    आर्थीकसंसार संवाददाता२४ फागुन, २०८०
    १५५ पटक
    २४ फागुन, २०८०

    काठमाडौं । कृषि विकास बैंकले नारी दिवसको अवसरमा नेपाली महिला फुटबल टिमलाई आर्थिक सहयोग गरेको छ । बैंकले नेपाली महिला फुटबल टिमलाई प्रोत्साहनस्वरूप ६ लाख ७० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ ।

    हालै साउदी अरबमा सम्पन्न वेस्ट एशियन फुटबल फेडेरेशन (वाफ) वुमेन्स प्रतियोगितामा नेपाली महिला फुटबल टिम उपविजेता बनेको थियो । बैंकका अनुसार उक्त खेलमा सहभागी खेलाडी, प्रशिक्षक लगायत टिममा संलग्न सदस्यहरूलाई प्रोत्साहन गर्न संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट अखिल नेपाल फुटबल संघ (एन्फा)मार्फत नगद रकम प्रदान गरिएको हो ।

    २३ जना खेलाडीहरूलाई जनही २५ हजार रुपैयाँ, मुख्य प्रशिक्षकलाई १५ हजार रुपैयाँ, प्रशिक्षक ३ जना, टिम म्यानेजर, फिजियोथेरापिस्ट, एन्फा, हेड अफ डेलिगेट्स र अफिसियललाई १०/१० हजार रुपैयाँ प्रदान गरेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्