News Portal

  • मोबाइल नम्बर अद्यावधिक गराउन नबिल बैंकको आग्रह

    आर्थीकसंसार संवाददाता२४ फागुन, २०८०
    ४५० पटक
    २४ फागुन, २०८०

    काठमाडौं । नबिल बैंकले आफ्नो बैंक खातामा मोबाइल नम्बर अद्यावधिक गराउन आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशन गरी खातावाल ग्राहकलाई मोबाइल नम्बर अद्यावधिक गराउन आग्रह गरेको हो ।

    बैंकले ग्राहकको खातामा भएका कारोबारहरूको जानकारी मोबाइलमा एसएमएसबाट प्रदान गर्दै आएको छ । यदि उक्त एसएमएस आएको छैन भने बैंकको नजिकैको शाखामा गएर अद्यावधिक गराउन आग्रह गरेको हो ।

    ‘पायक पर्ने नबिल बैंकको शाखा कार्यालयमा गई आफ्नो सक्कल नागरिकता वा फोटो सहितको अन्य कुनै परिचय पत्रसहित आफैँ उपस्थित भई आफ्नो मोबाइल नम्बर आफ्नो खातामा यथाशीघ्र अद्यावधिक गर्नु हुन अनुरोध गर्दछौं,’ बैंकले भन्यो ।

    प्रतिकृया दिनुहोस्