आर्थीकसंसार संवाददाता२३ फागुन, २०८०
२३ फागुन, २०८०काठमाडौं । कामना सेवा विकास बैंकले वि.सं. २०८१ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्वेश्यले बैंकको आफ्नो क्यालेन्डरमा विभिन्न तालहरुलाई समावेश गर्दै २०८१ को क्यालेन्डर तयार गरेको हो ।
बैंकको क्यालेन्डरमा राखिएका तालहरुको उचाई, तालसम्म पुग्ने मार्ग तथा विस्तृत विवरण प्राप्त गर्नको लागि बैंकले क्यालेन्डरमा नै क्युआर कोडको व्यवस्था गरिएको बैंकले जनाएको छ । नेपाल पंचाङ्ग निर्णायक विकास समितिवाट स्वीकृत प्राप्त उक्त क्यालेन्डर डिजिटल माध्ययमवाट प्राप्त गर्नको लागि क्युआर कोड समेत सार्वजनिक गरेको छ ।
डिजिटल प्रविधीलाई अधिकतम प्रयोग गर्दै आईरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा रहेका १३५ संजाल तथा ७७ वटा एटिएमवाट आफ्ना अत्याधुनिक सेवा सुविधा प्रदान गर्दै आईरहेको छ ।