आर्थीकसंसार संवाददाता१८ फागुन, २०८०
१८ फागुन, २०८०काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको तिलोत्तमास्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ।
यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत साथै बेड शुल्कमा ३० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
हाल बैंकले आफ्ना १३५ सञ्जाल तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत आफ्नो अत्याधुनिक सेवासुविधाहरु प्रदान गरिरहेको छ।