आर्थीकसंसार संवाददाता१५ फागुन, २०८०

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र साबिकको सञ्चुरी कमर्सियल बैंकका पूर्वसीईओ तुलसीराम गौतमसहित १० जना पक्राउ गरेको छ।
काठमाडौंका विभिन्न स्थानमा मंगलबार न्यौपाने र गौतमसहित १० जनालाई पक्राउ गरिएको सीआईबी स्रोतले बतायो। ‘बैंकिङ कसुरमा उहाँहरुलाई पक्राउ गरिएको हो’, स्रोतले भन्यो, ‘हिरासतमा राखेर थप अनुसन्धान गरिरहेका छौँ।’
सेञ्चुरी बैंकमा न्यौपाने सीईओ हुनुअघि गौतम सीईओ थिए। देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाई र सेञ्चुरी बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारीको मिलेमतोमा न्यौपाने र गौतमलगायतले कमिसन लिएर कमसल धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई ठूलो आर्थिक क्षति पुर्याएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको थियो।