आर्थीकसंसार संवाददाता१४ फागुन, २०८०

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा न.३ पोखरीबजार स्थित २८७ औं शाखा कार्यालय पोखरीबजार विस्तार गरी कारोबार शुभारम्भ गरिएको छ । सर्वोच्च अदालतका माननीय न्यायाधीश हरिप्रसाद फुयालले आइतबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गरेका हुन् ।
उक्त अवसरमा माननीय न्यायाधीश हरिप्रसाद फुयालले बैंकहरुले आम जनताप्रति संवेदनशील भई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्नुपर्ने र ग्राहकहरुले पनि बैंकिङ्ग अनुशासन भित्र रही बैंकिङ्ग कारोबार गर्नुपर्ने बताए ।
शाखा कार्यालय पोखरीबजारको समुद्घाटन पूर्व वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।
बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।