आर्थीकसंसार संवाददाता३ फागुण, २०८०
३ फागुण, २०८०काठमाडौं । महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले फागुन ३ गते जारी गरिएको सूचनाबमोजिम संगठित संस्थाको वर्गीकरणमा ‘ए’ समूहमा परेको छ।
धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्तापुँजी कम्तीमा १ अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा ३ वर्ष पूरा भएको, विगत ३ आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सोभन्दा माथिको रेटिङ प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण पेस गरेको तथा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरेको संस्थाहरु ‘ए’ समूहमा पर्ने ब्यवस्था रहेको र सोहीबमोजिम महालक्ष्मी विकास बैंक ‘ए समूहमा पर्न सफल भएको हो।




