News Portal

  • डिप्रोक्स लघुवित्तले घोषणा गर्यो १०.५२ प्रतिशत लाभांश

    आर्थीकसंसार संवाददाता३ फागुन, २०८०
    ८६ पटक
    ३ फागुन, २०८०

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संथाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ५५ करोड १० लाख ८८ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद गरी कूल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव ज्ञानेन्द्र प्रसाद अर्यालले बताए ।

    प्रतिकृया दिनुहोस्