
काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल मनी विक–२०२४ भव्यताका साथ मनाउन सरोकारवाला संघसंस्थाले आह्वान गरेको छ।
केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी यस्तो आह्वान गरेको हो। बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ अर्गनाइजेसन अफ इकोनोमिक्स कर्पोरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी)को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक (जीएमडब्ल्यू) विश्वभर मनाउने गरिएको छ।
राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरी देशभर ग्लोबल मनी विक मनाइँदैछ। यो कार्यक्रममा वित्तीय प्रणालीमा आबद्ध संस्थाको सक्रिय सहभागिता रहने राष्ट्र बैंकले जनाएको छ।
यसको अतिरिक्त विभिन्न गैरसरकारी संस्था र अन्य सरोकारवाला संघसंस्था पनि यस अभियानमा आबद्ध हुनसक्ने भएकोले वित्तीय साक्षरता प्रवर्द्धनमा क्रियाशील सम्पूर्ण संघसंस्था र निकायलाई सहभागी भई ग्लोबल मनी विक भव्य रुपमा मनाउन राष्ट्र बैंकले आग्रह गरेको छ। यस साताव्यापी अभियानमा सहभागी हुन इच्छुक संघसंस्था र निकायलाई आ–आफ्ना कार्यक्रमको जानकारी राष्ट्र बैंकमा उपलब्ध गराउन सक्नेछन्।