News Portal

  • आजसम्म कायम शेयरधनीले रिडी पावरको हकप्रद भर्न पाउने

    आर्थीकसंसार संवाददाता२१ माघ, २०८०
    ३७७ पटक
    २१ माघ, २०८०

    काठमाडौं । रिडी पावर कम्पनीले हकप्रद शेयर सुरक्षित गर्ने आज माघ २१ गते अन्तिम दिन रहेको छ।

    हकप्रद शेयर निष्कासन प्रयोजनार्थ रिडी पावरले भोलि माघ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब आज माघ २१ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य हुनेछन्।

    कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.५ को अनुपात अर्थात् ५० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७७ लाख ४४ हजार ५०६ कित्ता कित्ता शेयर निष्काशन गर्नेछ। कम्पनीको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
    प्रतिकृया दिनुहोस्