News Portal

  • एनएमबि बैंकको सेवा शुक्रबार रातिदेखि बन्द हुँदै

    आर्थीकसंसार संवाददाता१९ माघ, २०८०
    ३४४ पटक
    १९ माघ, २०८०

    काठमाडौं । एनएमबि बैंकको सेवा शुक्रबार रातिदेखि बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न बैंकिङ सेवा सुविधा शुक्रबार राती ११ बजेदेखि अवरुद्ध हुन लागेको जानकारी गराएको हो ।

    हाल बैंकमा प्रयोग भइरहेको सिस्टमको अपग्रेडसम्बन्धी काम गर्नको लागि बैंकले माघ १९ गते राती ११ बजेदेखि माघ २० गते बिहान तीन बसेजम्ममा विभिन्न सेवा अवरुद्ध गराउन लागेको हो ।

    यससँगै उक्त अवधिमा बैंकको कार्ड, एटीएम, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा आईपीएस सेवा बन्द हुने छन् ।

    प्रतिकृया दिनुहोस्