आर्थीकसंसार संवाददाता१६ माघ, २०८०

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले निक्षेपको ब्याजदर घटाएको छ।
निफ्राले आज जनवरी ३० देखि लागू हुने गरी निक्षेप ब्याजदर घटाएर सार्वजनिक गरेको हो। अब निफ्राले ५ वर्षभन्दा बढी अवधिको निक्षेप खातामा व्यक्तिगततर्फ ८.५ प्रतिशत र संस्थागततर्फ ६.७५ प्रतिशत ब्याज उपलब् गराउनेछ। यसअघि व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७.२५ प्रतिशत ब्याज दिँदै आएको थियो।
यसैगरी निफ्राले कर्जाको ब्याजदर भने बढाएको छ। निफ्राले परियोजनाहरुको ऋणमा लिँदै आएको अधिकतम ब्याजदर बढाएर १४ प्रतिशत पुर्याएको छ। निफ्राले कर्जाको न्यूनतम ब्याजदर भने ११ प्रतिशत नै कायम गरेको छ।
यसअघि निफ्राले कर्जाको ब्याजदर न्यूनतम ११ प्रतिशतदेखि अधिकतममा १३ प्रतिशतसम्म लिँदै आएको थियो।