News Portal

  • कृषि विकास बैंकले ल्यायो २ लाखसम्म पाइने ओभरड्राफ्ट सुविधा

    आर्थीकसंसार संवाददाता१६ माघ, २०८०
    ३०३ पटक
    १६ माघ, २०८०

    काठमाडौं । कृषि विकास बैंकले ओभरड्राफ्ट क्रेडिट कार्डको शुभारम्भ गरेको छ । आफ्नो ५७ औं वार्षिकोत्सवको अवसर पारेर शुभारम्भ भएको उक्त कार्डको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका हुन् ।

    उक्त सेवा प्राप्त गरेपछि ग्राहकहरु डेबिट कार्ड र क्रेडिट कार्ड बोक्नु पर्ने झन्झटबाट मुक्त हुनेछन् । त्यस्तै, ग्राहकले कृषि विकास बैंकमा भएको तलबी खातामा रकम मौज्दात सकिएपछि २ लाख रुपैयाँसम्म ओभरड्राफ्ट सुविधा प्राप्त गर्ने छन् ।

    बैंकका अनुसार यस कार्डको प्रयोग पश्चात एउटै खाताबाट बचतमा ब्याज पाइने, कर्जाको सावाँ र ब्याज तिर्न पाइने, एउटा कार्डको शुल्कले दुईवटा कार्ड (डेबिट र क्रेडिट) को सेवा लिन पाइने, खातामा रहेको मौज्दातमा उच्चतम व्याज पाइने, ओभरड्रफ्टका अतिरिक्त मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड लगायत ओभरड्राफ्ट लिमिटको रकम उपयोग गर्न सकिने छ ।

    प्रतिकृया दिनुहोस्