News Portal

  • १०५ रुपैयाँमै सिटिजन्स बैंकको सेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता१२ माघ, २०८०
    २५९ पटक
    १२ माघ, २०८०

    काठमाडौं । सिटिजन्स बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरूको ४० हजार बढी कित्ता सेयर बिक्री गर्ने भएको हो ।

    बैंकका संस्थापक सेयरधनी क्षितिज भुषालको नाममा रहेको ४० हजार २३७ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरको मूल्य प्रतिकित्ता १०५ रुपैयाँ तोकिएको बैंकले जनाएको छ ।

    बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ ।

    बैंकको अनुसार म्यादभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अघि बढ्ने छ ।

    प्रतिकृया दिनुहोस्