News Portal

  • ललितपुरको सातदोबाटो र भैंसेपाटीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

    आर्थीकसंसार संवाददाता११ माघ, २०८०
    १०८ पटक
    ११ माघ, २०८०

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि ललितपुरमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।

    बैंकले ललितपुरं महानगरपालिका वडा नं. १५ मा सातदोबाटोशाखा र ललितपुर महानगरपालिका वडा नं. २५ मा भैंसेपाटी शाखा संचालनमा ल्याएको हो । नयाँ शाखाहरुबाट बहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरे । कार्यक्रममा सीइओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई गुणस्तरीय बैंकिब सेवा तथा सुविधाहरु दिने बताए ।

    बैंकले हालसालै बाराको सिमरा, काठमाडौंको शंखमुल र अनामनगरमा नयाँ शाखाहरु संचालनमा ल्याएको थियो ।

    बैंकले हाल देशभरिमा २६६ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिब र २५७ वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेकोछ ।

    प्रतिकृया दिनुहोस्