News Portal

  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको एनपीएल १.६ प्रतिशत पुग्यो, नाफासँगै ईपीएस पनि घट्यो

    आर्थीकसंसार संवाददाता७ माघ, २०८०
    १०० पटक
    ७ माघ, २०८०

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा १.५५ प्रतिशत घटेर १ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

    बैंकको खराब कर्जा (एनपीएल) ०.८८ प्रतिशत बढेर १.६ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ०.७२ प्रतिशत थियो ।

    पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ७.५४ प्रतिशत घटेर २ अर्ब ६३ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    ६ महिनाको अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी १५.४० प्रतिशत बढेर ७२ करोड ३४ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २.७७ प्रतिशत घटेर ३ अर्ब ६६ करोड रुपैयाँ, सञ्चालन नाफा १.५ प्रतिशत घटेर २ अर्ब ४७ करोड रुपैयाँ र वितरणयोग्य नाफा १ अर्ब १३ करोड रुपैयाँ रहको छ ।

    समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड रुपैयाँ, जगेडा कोष ७ प्रतिशत घटेर ९ अर्ब ९५ करोड रुपैयाँ, निक्षेप संकलन १.५३ प्रतिशत घटेर १ खर्ब १५ अर्ब ७० करोड रुपैयाँ र कर्जा प्रवाह ०.२४ प्रतिशत घटेर ७७ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।

    बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ०.५८ रुपैयाँ घटेर ३६.६२ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १४.३६ गुणा छ भने प्रतिसेयर नेटवर्थ २०५.५८ रुपैयाँ रहेको छ ।

    बैंकको आधार दर ७.५६ प्रतिशत, कर्जा निक्षेप अनुपात ७३.२१ प्रतिशत, कस्ट अफ फण्ड ५.५२ प्रतिशत र इन्ट्रेस्ट रेट स्प्रेड ४ प्रतिशत छ ।

    प्रतिकृया दिनुहोस्