News Portal

  • एनआईसी एशियाको नाफा १.३६ अर्ब घट्यो, कर्जा १२.२४ % बढाउँदा सीडी रेसियो ७७.१८ %

    आर्थीकसंसार संवाददाता७ माघ, २०८०
    ७९ पटक
    ७ माघ, २०८०

    काठमाडौं । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ४१.८४ प्रतिशत अर्थात् १ अर्ब ३६ करोड रुपैयाँ घटेर १ अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

    यस अवधिमा बैंकको खराब कर्जा बढेको र ब्याज आम्दानी घटेका कारण नाफामा असर परेको देखिन्छ । बैंकको खराब कर्जा (एनपीएल) ०.५८ प्रतिशत बढेर १.१९ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ०.६१ प्रतिशत थियो ।

    पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १०.१३ प्रतिशत घटेर ५ अर्ब ५४ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब १६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    ६ महिनाको अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी १६.३५ प्रतिशत बढेर १ अर्ब २० करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ४.९६ प्रतिशत घटेर ७ अर्ब १२ करोड रुपैयाँ, सञ्चालन नाफा २४.१३ प्रतिशत घटेर ३ अर्ब ५६ करोड रुपैयाँ र वितरणयोग्य नाफा ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहको छ ।

    समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २९ प्रतिशत बढेर १४ अर्ब ९१ करोड रुपैयाँ, जगेडा कोष १२ प्रतिशत घटेर १५ अर्ब ६७ करोड रुपैयाँ, निक्षेप संकलन २२.४५ प्रतिशत बढेर ३ खर्ब ८१ अर्ब २६ करोड रुपैयाँ र कर्जा प्रवाह १२.२४ प्रतिशत बढेर २ खर्ब ९३ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।

    बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ३१.०९ रुपैयाँ घटेर २५.५२ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १९.९७ गुणा छ भने प्रतिसेयर नेटवर्थ २०५.१ रुपैयाँ रहेको छ ।

    बैंकको आधार दर ९.६८ प्रतिशत, कर्जा निक्षेप अनुपात ७७.१८ प्रतिशत, कस्ट अफ फण्ड ७.५३ प्रतिशत र इन्ट्रेस्ट रेट स्प्रेड ३.९९ प्रतिशत छ ।

    प्रतिकृया दिनुहोस्