News Portal

  • साढे ४.५४ खर्ब निक्षेप रहेको ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब, अन्य सूचक यस्ता छन्

    आर्थीकसंसार संवाददाता७ माघ, २०८०
    ९८ पटक
    ७ माघ, २०८०

    काठमाडौं । ग्लोबल आइएमई बैंकको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा २६.५९ प्रतिशत घटेर २ अर्ब ४ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७८ करोड २३ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

    यस अवधिमा बैंकको खराब कर्जा (एनपीएल) १.७८ प्रतिशत बढेर ४.६८ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा २.९२ प्रतिशत थियो ।

    पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३८ प्रतिशत बढेर ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ५४ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    ६ महिनाको अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी ४४.५४ प्रतिशत बढेर १ अर्ब ३६ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ३९ प्रतिशत बढेर १० अर्ब ८६ करोड रुपैयाँ, सञ्चालन नाफा २५ प्रतिशत घटेर २ अर्ब ८४ करोड रुपैयाँ र वितरणयोग्य नाफा १ अर्ब २७ करोड रुपैयाँ ऋणात्मक रहको छ ।

    समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १ प्रतिशत बढेर ३६ अर्ब १२ करोड रुपैयाँ, जगेडा कोष १०.२९ प्रतिशत घटेर २० अर्ब ७३ करोड रुपैयाँ, निक्षेप संकलन ६.५५ प्रतिशत बढेर ४ खर्ब ५४ अर्ब २४ करोड रुपैयाँ र कर्जा प्रवाह ३ प्रतिशत बढेर ३ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।

    बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ६.७६ रुपैयाँ घटेर ११.३१ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १८.१३ गुणा छ भने प्रतिसेयर नेटवर्थ १५७.४ रुपैयाँ रहेको छ ।

    बैंकको आधार दर ९.६ प्रतिशत, कर्जा निक्षेप अनुपात ८०.०४ प्रतिशत, कस्ट अफ फण्ड ७.७१ प्रतिशत र इन्ट्रेस्ट रेट स्प्रेड ३.९९ प्रतिशत छ ।

    प्रतिकृया दिनुहोस्