News Portal

  • माछापुच्छ्रे बैंकको नाफा साढे ८० करोड रुपैयाँ

    आर्थीकसंसार संवाददाता५ माघ, २०८०
    २०४ पटक
    ५ माघ, २०८०

    काठमाडौं । माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्ष २०७९/८०को दोस्रो त्रैमासमा खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अुनसार ६ महिनाको अवधिमा खुद नाफा २१.४५ प्रतिशत घटेर ८० करोड ५३ लाख रुपैयाँ छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २ करोड ५२ लाख रुपैयाँ नाफा गरेको थियो ।

    यस अवधिमा बैंकको खराब कर्जा बढेका कारण नाफामा असर गरेको देखिन्छ । बैंकको खराब कर्जा १.२१ प्रतिशत बढेर २.६२ प्रतिशत पुगेको छ । गत वर्षको पुसमा बैंकको खराब कर्जा १.४१ प्रतिशत थियो ।

    पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ५.५६ प्रतिशत घटेर २ अर्ब ६३ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    बैंकको नेट फि एण्ड कमिसन आम्दानी ६.५५ प्रतिशत घटेर ५४ करोड ३६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ६.६७ प्रतिशत घटेर ३ अर्ब ३४ करोड रुपैयाँ, सञ्चालन नाफा १३.१९ प्रतिशत घटेर १ अर्ब २७ करोड रुपैयाँ र वितरण योग्य नाफा २४ करोड ६९ लाख रुपैयाँ ऋणात्मक छ ।

    समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १३.३० प्रतिशत बढेर ११ अर्ब ६२ करोड रुपैयाँ, जगेडा कोष ११.३३ प्रतिशत घटेर ५ अर्ब ४५ करोड रुपैयाँ, निक्षेप संकलन १.१० प्रतिशत घटेर १ र्ख ५२ अर्ब ४८ करोड रुपैयाँ र कर्जा प्रवाह २.९९ प्रतिशत बढेर १ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँ छ ।

    बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ६.१३ रुपैयाँ घटेर १३.८६ रुपैयाँमा झरेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १४.६५ गुणा छ ।

    यस्तै, बैंकको कर्जा निक्षेप अनुपात ८०.६१ प्रतिशत, आधार दर ९.७८ प्रतिशत, इन्टेस्ट रेट स्प्रेड ३.९९ प्रतिशत र कस्ट अफ फण्ड ७.२६ प्रतिशत छ ।

    प्रतिकृया दिनुहोस्