News Portal

  • गरिमा विकास बैंकले ल्यायो ‘फाइभ इन वान’ बचत खाता

    आर्थीकसंसार संवाददाता२ माघ, २०८०
    ४९ पटक
    २ माघ, २०८०

    काठमाडौं । गरिमा विकास बैंकले ग्राहकहरुका लागि ‘गरिमा फाइभ इन वान बचत खाता’ सार्वजनिक गरेको छ । उक्त बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो सेयर र सी आस्वा सेवाका लागि एकैपटक वा छुट्टाछुट्टै आवेदन दिन सक्नेछन् ।

    यसअन्तर्गत ग्राहकहरुले न्युनतम एक हजार रुपैयाँमा खाता खोल्न सक्नेछन् । र, निःशल्क सेवा अन्तर्गत मोबाइल बैकिङ्ग, वेभ बैंकिङ्ग, एटीएम, सि आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरुबाट डिम्याट, सेयर ट्रेडिङ (टीएमएस) र मेरो सेयर खाता खोल्न सकिने छ ।

    साथै, लकर फ्यासिलिटीमा ५० प्रतिशतसम्म छुटको सुविधा बैंकले जनाएको छ । यस सेवामार्फत नयाँ तथा पुराना ग्राहकले गरिमा विकास बैंकका कुनै पनि शाखाबाट सहजै खाताहरु खोल्न सक्ने बैंकले जनाएको छ ।

    गरिमा विकास बैंकले ग्राहकलाई सहज र सरल रुपमा डिजिटल सेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्रारम्भ गरेको हो । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय ५१ एटिएमबाट करिब ८ लाख ग्राहकलाई बैंकिङ्ग सेव प्रवाह गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्