News Portal

  • कुमारी बैंकले डाक्यो २३औं साधारण सभा, मुख्य एजेण्डा के-के छन् ?

    आर्थीकसंसार संवाददाता१ माघ, २०८०
    ६० पटक
    १ माघ, २०८०

    काठमाडौं । कुमारी बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको पुस २४ गते बसेको बैठकले २३औं वार्षिक साधारण सभा माघ २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।

    बैंकको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, सहायक कम्पनी कुमारी क्यापिटल र केबिएल सेक्युरिटिजको आर्थिक वर्ष २०७/८०को वित्तीय विवरण पारित गर्ने र आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

    संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको रकम अनुमोदन गर्नेछ ।

    बैंकले वार्षिक साधारणसभा प्रयोजनका लागि माघ ९ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा माघ ८ गतेसम्म कायम सेयरधनीहरू मात्रै बैंकको साधारणसभामा सहभागी हुन सक्ने छन् ।

    प्रतिकृया दिनुहोस्