News Portal

  • गरिमा विकास बैंकको लाभांश पारित, चुक्ता पुँजी ५ अर्ब ६८ करोडमाथि

    आर्थीकसंसार संवाददाता२९ पुष, २०८०
    ११६ पटक
    २९ पुष, २०८०

    काठमाडौं । गरिमा विकास बैंकको प्रस्तावित १० प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न कम्पनीको १७औं वार्षिक साधारण सभाले प्रस्तावित ९.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश पारित गरेको हो ।

    उक्त लाभांश पुस १६ गतेसम्म कायम सेयरधनीले पाउने भएका छन् । हाल ५ अर्ब १८ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको विकास बैंकको साधारणसभाबाट पारित ९.५० प्रतिशत बोनस सेयर वितरणपश्चात ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ पुगेको छ ।

    सभाले विकास बैंकको अधिकृत पुँजी वृद्धि गरी ५ अर्ब ७० करोड रुपैयाँ बनाउने, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

    हाल बैंकको १२३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै बैंकले हालसम्म करिब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी करिब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    प्रतिकृया दिनुहोस्