News Portal

  • कृषि विकास बैंकले घटायो ब्याजदर

    आर्थीकसंसार संवाददाता२९ पुष, २०८०
    १७५ पटक
    २९ पुष, २०८०

    काठमाडौं । कृषि विकास बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले विभिन्न खातामा माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।

    बैंकले माघ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ५.७५० प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा भने ६.७६० प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यसअघि पुसमा बैंकले ४.५० प्रतिशतदेख ६.५० प्रतिशत र रेमिट्यान्समा ७.५० प्रतिशत ब्याजदर तोकेको थियो ।

    बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२६० प्रतिशत र व्यक्तिगततर्फ ७.२६० प्रतिशत ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स मुद्दतीमा भने ८.२६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि पुसमा बैंकले संस्थागततर्फ ७.०१२ प्रतिशत, व्यक्तिगततर्फ ९.०१२ प्रतिशत र रेमिट्यान्समा १०.०१२ प्रतिशत ब्याजदर तोकेको थियो ।

    बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ ।

    प्रतिकृया दिनुहोस्