आर्थीकसंसार संवाददाता२७ पुष, २०८०

काठमाडौं । लक्ष्मी सनराइज बैंकको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवन सम्पन्न भएको बैंकले जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ७.३७ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश छ ।
सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।