News Portal

  • एनएमबि बैंकले केआईओसीएचलाई नयाँ अस्पताल वार्ड निर्माण गर्नका लागि दियो २५ लाख

    आर्थीकसंसार संवाददाता२३ पुष, २०८०
    २३६ पटक
    २३ पुष, २०८०

    काठमाडौं । एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच)मा नयाँ अस्पताल वार्ड निर्माण गर्नका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

    बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच) लाई सामाजिक उत्तरदायीत्व अन्तर्गत २५ लाख रुपैयाँ सहयोग गरेको हो ।

    बैंकका अनुसार यस योगदानले अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल सवास्थ्य सुधार गर्ने प्रयासमा सहायता पुर्याउँनेछ ।

    एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र केआईओसीएचकाका अध्यक्ष डा. भगवान कोईराला बीच सहमति आदनप्रदान गरिएको छ । यस सहकार्यले बैंक र अस्पतालको बाल सवास्थ्य सेवा सुधार्ने संयुक्त प्रयासलाई सशक्त रुपमा दर्साउँदछ ।

    एनएमबि बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यहरु आयोजना गर्दै आईरहेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १७१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्