News Portal

  • राष्ट्र बैंकले भक्तपुरको सानोठिमीमा भौतिक संरचना निर्माण गर्दै

    आर्थीकसंसार संवाददाता२३ पुष, २०८०
    १६४ पटक
    २३ पुष, २०८०

    काठमाडौं । नेपाल राष्ट्र बैंकले भवन निर्माण गर्ने भएको छ । राष्ट्र बैंकले सानोठिमी भक्तपुरस्थित बैंकको जग्गामा भौतिक संरचना निर्माण गर्ने जनाएको छ ।

    राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले भौतिक संरचना निर्माण गर्ने भएकाले आह्वान गरेको बोलपत्र खोल्ने भएको हो ।

    भौतिक संरचना निर्माण गर्न २०७९ मंसिर २३ गते बोलपत्र आह्वान गरेको थियो । उक्त आह्वान पत्र २०७९ माघ १० गतेको सूचना मार्फत रद्द भएको जानकारी गराएको बोलपत्र उच्च अदालत, पाटनले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २२ र राष्ट्र बैंक खरिद विनियमावली, २०७१ को विनियम ५९ बमोजिम बोलपत्र खोलिने भएको हो ।

    माघ १० गते दिउसो १ बजे राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग काठमाडौंमा बोलपत्र खोल्ने भएको हो ।

    प्रतिकृया दिनुहोस्