आर्थीकसंसार संवाददाता२० पुष, २०८०

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले माघ मसान्तसम्म वार्षिक साधारण सभा गर्ने जनाएको छ । बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु बृहत कार्यसञ्जालका कारण लेखापरिक्षकबाट सञ्चालक समितिमा पेश भइनसकेको हुँदा माघ मसान्तसम्मको समयअवधि थप गर्ने निर्णय गरेको हो ।