आर्थीकसंसार संवाददाता१७ पुष, २०८०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रुपमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
ग्लोबल आइएमई बैंक पुस १७ गते मंगलबारदेखि स्थापनाको १७ वर्ष पूरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ। यही अवसरमा बैंकले मंगलबार नै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको साथ–साथै निशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण आयोजना गरेको हो।
देशभर आयोेजित कार्यक्रममा ९२७ रक्तदाताबाट ४३९ लिटर रगत दान गरिएको छ। यसैगरी निःशुल्क रुपमा ७८३ जनाको आँखा जाँच गरिनुका साथै १०४८ जनाको रक्तचाप तथा मधुमेहको परीक्षण एवं परामर्श पनि प्रदान गरिएको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरुमार्फत आमजनमानसलाई प्रत्यक्ष रुपमा लावान्भित गर्दै आएको छ।