News Portal

  • नेपाल एसबिआई बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

    आर्थीकसंसार संवाददाता१५ पुष, २०८०
    १७४ पटक
    १५ पुष, २०८०

    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न भएको हो ।

    सभाले ३.७ प्रतिशत बोनश सेयर र ६.८० प्रतिशत नगद लाभांश बोनश सेयर तथा नगद लाभांशमा लाग्ने कर सहित गरी कुल १०.५५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    त्यसै गरी सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७९/८० वार्षिक आर्थिक विवरण ९असार मसान्त २०८० को वासलात, आर्थिक वर्ष २०७९/८० को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्