News Portal

  • सिटिजन्स बैंकले गर्यो काठमाडौं इन्टिउट फर चाइलद हेल्थलाई आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता१३ पुष, २०८०
    १३१ पटक
    १३ पुष, २०८०

    काठमाडौं । सिटिजन्स बैंकले काठमाडौं इन्टिउट फर चाइलद हेल्थ लागि आर्थिक सहयोग प्रदान गरेको छ । विभिन्न किसिमका बाल रोगको उपचार गर्ने उद्देश्यले सो एनजीओ निर्माण भएको हो ।

    कम्पनीका अनुसार सो एनजीओले कार्डियोलोजी, ओन्कोलोजी, न्यूरोलोजी, अत्याधुनिक डायग्नोस्टिक सुविधाहरू र विभिन्न अन्य विशेष विभागहरू, सबै एउटै छानामुनि चिकित्सा सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । अस्पतालको उद्देश्य चिकित्सा सेवाहरूको लागि न्यूनतम शुल्क लिने , गरिब र सीमान्तकृत बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गर्ने छ ।

    एक समारोहका बीच बैंकले रू एक लाख एकाउन्न हजार बराबरकोे चेक डाक्टर भगवान कोइरालालाई हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने छ ।

    सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ८६ हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्