News Portal

  • लाभांश र मर्जर प्रस्तावसहित मुक्तिनाथ विकास बैंकले डाक्यो साधारणसभा

    आर्थीकसंसार संवाददाता८ पुष, २०८०
    १३३ पटक
    ८ पुष, २०८०

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले १७औं वार्षिक साधारणसभा पुस २८ गते सिटी स्क्वायर न्यूरोड काठमाडौंमा दिनको १ बजे बोलाएको हो ।

    बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ६ अर्ब ४२ करोड ९ लाख रुपैयाँको ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५१३२ प्रतिशत नगद गरी कूल १०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    बैंकको सभाले बोनस सेयर वितरण पश्चात् जारी तथा चुक्ता पुँजी वृद्धि र पबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव अनुमोदन गर्नेछ । सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व २ जना गरी ५ जनाको निर्वाचन गर्नेछ ।

    कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन गर्ने गरी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्नेछ ।

    आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

    बैंकले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १९ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरूले मात्रै बैंकको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

    प्रतिकृया दिनुहोस्