News Portal

  • समृद्धि फाइनान्सले २२औं वार्षिक साधारण सभा पुस २८ गते गर्ने

    आर्थीकसंसार संवाददाता७ पुष, २०८०
    १७२ पटक
    ७ पुष, २०८०

    काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले २२औं वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । कम्पनीले सभा होटेल एभोकाडो आर्किड रिसोर्ट हेटौंडा मकवानपुरमा बिहान १० बजे शुरु गर्ने जनाएको छ । ।

    सभाले गत अर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

    त्यस्तै, सभाले संस्थालाई कुनै बैंक,विकास बैंक तथा वित्तीय सस्थासँग एक आपसमा गाभ्ने र गाभिने तथा मर्जरको लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

    साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १२ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्