News Portal

  • हिमालयन बैंकले एकैपटक पायो दुई अवार्ड

    आर्थीकसंसार संवाददाता५ पुष, २०८०
    १३० पटक
    ५ पुष, २०८०

    काठमाडौं । हिमालयन बैंकले एकैपटक दुई वटा अवार्ड पाएको छ । बैंकले ‘भिसा लिडरशीप कन्क्लेभ नेपाल २०२३’ मा एकैपटक ‘एक्सिलेन्स इन पोस अक्वायरिङ बिजनेस २०२३’ र ‘एक्सिलेन्स इन कन्ज्युमर कार्ड्स प्रिपेड २०२३’ अवार्ड पाएको हो ।

    विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टरकार्ड, युनियन पे एवम् भिसा स्वीकार गरेको भन्दै बैंकलाई उक्त अवार्ड प्रदान गरिएको बताइएको छ । भिसाद्वारा आयोजित कार्यक्रममा डेपुटी गर्भनर बमबहादुर मिश्र, नेपालका लागि भिसाका प्रतिनिधि वासु सौम्यलगायतको उपस्थितिमा बैंकलाई दुवै अवार्ड प्रदान गरिएको थियो ।

    बैंकले विगतदेखिनै यो विधामा अवार्ड जित्दै आएको छ । विश्वभर प्रचलनमा रहेका प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो एटीएम, पोस तथा इ-कमर्स गेटवेमार्फत स्वीकार गर्ने भएकाले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुँदै आएको बैंकले जनाएको छ ।
    बैंकले हाल २७० वटा एटीएम, ६५ सयभन्दा बढी पीओएस तथा करिब ८ सय इकमर्श मर्चेन्ट मार्फत कार्डका ग्राहकलाई सेवा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्