News Portal

  • गरिमा विकास बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश

    आर्थीकसंसार संवाददाता५ पुष, २०८०
    १३६ पटक
    ५ पुष, २०८०

    काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार रुपैयाँको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ ।

    प्रतिकृया दिनुहोस्