News Portal

  • नेपाल बैंकले लाभांश वितरण नगर्ने

    आर्थीकसंसार संवाददाता५ पुष, २०८०
    १०३ पटक
    ५ पुष, २०८०

    काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

    पुस ४ गते बसेको बैंकको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

    बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।

    बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको वित्तीय वितवरण प्रकाशित गरेको थियो । १४ अर्ब ६९ करोड रुपैयाँ सेयर पुँजी भएको यस बैंकका २० अर्ब ९१ करोड रुपैयाँ जगेडा कोष छ ।

    प्रतिकृया दिनुहोस्