News Portal

  • कामना सेवा विकास बैंकद्वारा दिव्येश्वरी मन्दिरलाई खानेपानी ट्याङ्की,डस्टबिन हस्तान्तरण

    आर्थीकसंसार संवाददाता४ पुष, २०८०
    ८० पटक
    ४ पुष, २०८०

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लोकन्थली, भक्तपुर मार्फत भक्तपुर जिल्ला स्थित दिब्येश्वरी मन्दिरलाई खानेपानीे ट्याङ्की र डस्टबिन हस्तान्तरण गरेको छ ।

    बैंकका शाखा कार्यलय लोकन्थलीका शाखा प्रमुख गोबिन्द शिवाकोटिले श्री दिब्येश्वरी मन्दिरलाई उक्त खानेपानी ट्याङ्की र डस्टबिन हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा स्थानीय महानुभावहरु नजिकका संस्थाहरूका विशेष आमन्त्रितहरूको साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

    यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने छ ।
    प्रतिकृया दिनुहोस्