News Portal

  • प्राइम कमर्सियल बैंकले शेयरधनीलाई बनायो निराश, लाभांश नबाँड्ने निर्णय

    आर्थीकसंसार संवाददाता
    ३२६ पटक

    काठमाडौं । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरण नगर्ने भएको छ।

    बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले लेखापरीक्षण भई प्राप्त बैंकको उक्त आर्थिक वर्षको वित्तीय विवरणअनुसार शेयरधनीलाई लाभांश वितरण नगर्ने र सोहीबमोजिम स्वीकृतिका लागि वित्तीय विवरण नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको छ।

    नेपाल राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्न पेस गरिने बैंकले जनाएको छ।
    प्रतिकृया दिनुहोस्