News Portal

  • कुमारी बैंकले एक सातामा दोस्रो पटक घटायो ब्याजदर

    आर्थीकसंसार संवाददाता२९ मंसिर, २०८०
    २३३ पटक
    २९ मंसिर, २०८०

    काठमाडौं । कुमारी बैंकले ब्याजदर घटाएको छ । बैंकले एक साता नपुग्दै निक्षेपतर्फको ब्याजदर घटाएको हो । यसअघि गत मंसिर २४ गते बैंकले ब्याजदर घटाएको थियो । पुनः शुक्रबार सूच्ना प्रकाशन गरी विभिन्न खातामा पुस १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।

    बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.५१ प्रतिशतदेखि अधिकतम ६.६१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि न्यूनतम ५.७१० प्रतिशतदेखि अधिकतम ६.७१० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

    बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ न्यूनतम ७.३१ प्रतिशत र ब्यक्तिगततर्फ ९.३१ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । यसअघि बैंकले संस्थागततर्फ न्यूनतम ७.६१० प्रतिशत र ब्यक्तिगततर्फ ९.६१० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

    बैंकले कर्जाको प्रिमियम दर अधिकतम ३.५ प्रतिशत तोकेको छ । नयाँ दर फोन लोन र क्रेडिट कार्डबाहेक बैंकबाट प्रवाह भएका अन्य सबै प्रकारका कर्जाहरु उपभोग गर्ने नयाँ तथा पुराना सबै ग्राहकहरूमा लागू हुनेछ । बैंकको आधार दर १०.७७ प्रतिशत र स्प्रेड दर ४.१४ प्रतिशत रहेको छ ।

    प्रतिकृया दिनुहोस्