News Portal

  • निफ्रा बैंकले पनि घटायो निक्षेपको ब्याजदर

    आर्थीकसंसार संवाददाता२८ मंसिर, २०८०
    २२१ पटक
    २८ मंसिर, २०८०

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ब्याजदर घटाएको छ । बैंकले आज मंसिर २८ गतेदेखि लागू हुनेगरी ब्याजदर घटाएको हो ।

    बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार ५ वर्षभन्दा माथिको शुभ पुर्वाधार खातामा संस्थागततर्फ ७.२५ प्रतिशत र व्यक्तिगततर्फ ९ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि सोही खातामा बैंकले संस्थागतलाई ८.१५ प्रतिशत र व्यक्तिलाई १० प्रतिशत ब्याज दिइरहेको थियो ।

    यस्तै कर्जातर्फ भने बैंकले प्रोजेक्ट लोनमा ११ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याजदर लिने भएको छ । यस्तै, ब्रिज ग्याप लोनमा भने प्रोजेक्ट लोनको भन्दा ०.५ प्रतिशत बढी ब्याज लिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्