News Portal

  • स्टयाण्डर्ड चार्टर्ड बैंकका ७ ठूला सेयरधनीमा ५ जना नेपाली

    आर्थीकसंसार संवाददाता२६ मंसिर, २०८०
    १९२ पटक
    २६ मंसिर, २०८०

    काठमाडौं । स्टयाण्डर्ड चार्टर्ड बैंकमा विभिन्न ७ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा ५ जना नेपाली लगानीकर्तासहित ७ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क छ ।

    बैंकमा विदेशी लगानीकर्ता स्ट्यान्डर्ड चार्टर्ड ग्रिन्डलेज पीटीवाइ लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेको कुल ७०.२१ प्रतिशत लगानी छ । जसमध्ये ट्यान्डर्ड चार्टर्ड ग्रिन्डलेजको ४६.८१ प्रतिशत अर्थात् ४ करोड ४१ लाख ३६ हजार ३३८.६९ कित्ता र स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेको २३.४० अर्थात् २ करोड २० लाख ६८ हजार १६९.३५ कित्ता सेयर स्वामित्व छ ।

    बैंकमा ५ जना नेपाली व्यक्तिको पनि ०.५ प्रतिशत भन्दा बढी सेयर स्वामित्व छ । जसमध्ये शशि अग्रवालको ०.७० प्रतिशत अर्थात् ६ लाख ६० हजार ८३६ कित्ता, प्रियंका अग्रवालको ०.७० प्रतिशत अर्थात् ६ लाख ६० हजार ८३६ कित्ता सेयर स्वामित्व छ ।

    यस्तै, कोमल अग्रवालको ०.७० प्रतिशत अर्थात् ६ लाख ६० हजार ८३६ कित्ता, अभिनाश अग्रवालको ०.७० प्रतिशत अर्थात् ६ लाख ६० हजार ८३६ कित्ता र शंकरलाल अग्रवालको ०.६६ प्रतिशत अर्थात् ६ लाख २० हजार ८९ कित्ता सेयर स्वामित्व रहेको छ ।

    स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा सन् १९८७ देखि सञ्चालनमा रहेको छ । स्ट्याण्डर्ड चार्टड समूहको अभिन्न अंगको रुपमा रहेको बैँकमा नेपाली सर्वसाधारणको २९.७९ प्रतिशत स्वामित्व रहेको छ ।

    प्रतिकृया दिनुहोस्