News Portal

  • कुमारी बैंकले एकल अंकमा झार्याे ब्याजदर

    आर्थीकसंसार संवाददाता२४ मंसिर, २०८०
    ३०६ पटक
    २४ मंसिर, २०८०

    काठमाडौं । कुमारी बैंकले पनि ब्याजदर घटाएको छ । यसअघि दोहोरो अंकमा रहेको ब्याजदर घटाएर एकल अंकमा झारेको हो । बैंकले विभिन्न खातामा मंसिर २४ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।

    बैंकले आइतबार सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.७१० प्रतिशतदेखि अधिकतम ६.७१० प्रतिशतसम्म प्रदान गर्ने भएको छ । यसअघि न्यूनतम ५.५१० प्रतिशतदेखि अधिकतम ७.५१० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो ।

    बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ न्यूनतम ७.६१० प्रतिशत र ब्यक्तिगततर्फ ९.६१० प्रतिशत ब्याजदर निर्धारण गरेको हो । यसअघि बैंकले संस्थागततर्फ ८.०१० प्रतिशत र ब्यक्तिगततर्फ १०.०१० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

    बैंकका अनुसार अन्य सबै दर, नियम र सर्तहरू गत असोज ३० गते सार्वजनिक गरिएको ब्याजदर सूचना अनुसार हुने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्