News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित, चुक्ता पुँजी साढे तीन अर्ब नजिक

    आर्थीकसंसार संवाददाता२४ मंसिर, २०८०
    ३०६ पटक
    २४ मंसिर, २०८०

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको ५.२६३ प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न बैंकको १९औं वार्षिक साधारण सभाले प्रस्तावित उक्त लाभांश पारित गरेको हो ।

    यससँगै बैंकका योग्य लगानीकर्ताले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश पाउने छन् ।

    हाल बैंकको चुक्ता पुँजी ३ अर्ब २६ करोड ७५ लाख रुपैयाँ छ । पारित भएको ५ प्रतिशत बोनस सेयरपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ४३ करोड ८ लाख रुपैयाँ पुगेको छ ।

    हाल बैंकले ११२ शाखा कार्यालयहरु र ३० एटीएममार्फत ग्राहकलाई बैंकिङ्ग सेवा दिँदै आएको छ । साथै, बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको बताएको छ ।

    प्रतिकृया दिनुहोस्