News Portal

  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता२४ मंसिर, २०८०
    १५७ पटक
    २४ मंसिर, २०८०

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न बैंकको ३७औं वार्षिक साधारण सभाले प्रस्तावित १९ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

    आर्थिक वर्ष २०२२/२३ मा बैंकको सञ्चालन नाफा ४ करोड ९७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको आम्दानी ४७ प्रतिशतले बढेर ७ करोड ८० लाख रुपैयाँ र करपछिको नाफा ५३.६ प्रतिशतले बढेर ३ करोड ५० लाख रुपैयाँ पुगेको बैंकले जानकारी गराएको छ ।

    दक्षतामा निरन्तर जोड दिने कम्पनीको आरओई बढेर २०.८ प्रतिशत पुगेको छ । जुन अघिल्लो वर्षमा १४.२ प्रतिशत थियो ।
    बैंकमा संस्थापकको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर हिस्सा छ ।

    बैंकले आफ्नो रणनीतिलाई कार्यान्वयन गर्दै सेयरधनीलाई उच्च वित्तीय प्रतिफल वितरण गर्ने प्रतिबद्धता गरेको छ ।

    प्रतिकृया दिनुहोस्