आर्थीकसंसार संवाददाता२३ मंसिर, २०८०

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलमा बिहान सम्पन्न भएका बैंकले जनाएको हो ।
सभाले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश प्रस्तावित लाभांश अनुमोदन गरेको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३.१६ रुपैयाँको कुल ११ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा १० दशमलव ५० प्रतिशतले हुन आउने ४४ करोड ९८ लाख ७ हजार ७३७.३८ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ शून्य दशमलव ५५ प्रतिशतले हुन आउने २ करोड ३६ लाख ७४ हजार ९१.४४ रुपैयाँ बराबरको नगद लाभांश छ ।