News Portal

  • लाभांश पारित गर्न नेपाल एसबिआई बैंकको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

    आर्थीकसंसार संवाददाता२२ मंसिर, २०८०
    २९२ पटक
    २२ मंसिर, २०८०

    काठमाडौं । नेपाल एसबिआई बैंकले लाभांश वितरण प्रस्ताव पारित गर्न वार्षिक साधारसभा डाकेको छ । बैंक सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले ३०औँ वार्षिक साधारणसभा पुस १३ गते काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।

    बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ३.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.८० प्रतिशत नगद गरी कूल १०.५५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

    बैंकको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

    यस्तै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिनेछ । त्यस्तै, सामाजिक उत्तरदायित्व कार्यक्रममा भएको ८२ लाख ८० हजार २६ रुपैयाँलाई सभाले अनुमोदन गर्नेछ ।

    लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २९ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर २८ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

    प्रतिकृया दिनुहोस्