News Portal

  • मर्जर र लाभांशको अजेन्डासहित मितेरी डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

    आर्थीकसंसार संवाददाता२० मंसिर, २०८०
    ३३० पटक
    २० मंसिर, २०८०

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

    बैंक सञ्चालक समितिको मंगलबार (मंसिर १९ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १४ गते सुनसरीको धरानस्थित सुनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजे डाकेको हो। सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनका साथै नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण पारित गर्नेछ।

    सभाले सञ्चालक समितिले उक्त आर्थिक वर्षका लागि प्रस्ताव गरेको चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ९.५ प्रतिशत बोनस शेयर र लाभांश कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश रहेको छ।

    सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय गाभ्ने, गाभिने वा प्राप्ति प्रयोजनका लागि गर्न आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव स्वीकृत गर्नेछ।

    वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ बैंकले मंसिर २८ गतेदेखि पुस १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब मंसिर २८ गतेअघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको वार्षिक साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

    प्रतिकृया दिनुहोस्