आर्थीकसंसार संवाददाता२० मंसिर, २०८०

काठमाडौं । बैंकिङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको नबिल बैंकले कियोस्क मेसिनमार्फत चेक क्लियरिङ गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ। यस सुविधामार्फत आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयंले कियोस्कमार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन्।
यो सुविधासँगै अब ग्राहकले आफ्नो समयअनुकूल पारी कार्यालय समयबाहेकका समयमा पनि बिना झन्झट चेक डिपोजिट गर्न सक्नेछन्। यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्फुर्त रुपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकले पूर्ण रुपमा लाभ लिनेमा विश्वस्त रहेको बैंकले जानकारी दिए।